सलमान खानलाई फेरि मार्ने धम्की, २ करोड रुपैयाँ मागेको खुलासा


बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। धम्की दिने व्यक्तिले करोडौं रुपैयाँ फिरौती मागेको छ ।

एक दिनअघि मात्र प्रहरीले समालन र एनसीपी (राष्ट्रवादी कंग्रेस पार्टी) विधानसभा उम्मेदवार जिशान सिद्दीकीलाई मार्ने धम्की दिने व्यक्तिलाई उत्तर प्रदेशको नोएडाबाट पक्राउ गरेको थियो । इन्डिया टुडेको रिपोर्ट अनुसार अहिले सलमानलाई धम्की दिने व्यक्तिले मुम्बई ट्राफिक प्रहरीलाई सन्देश पठाएको छ। जसमा २ करोड रुपैयाँ फिरौती मागिएको छ ।

धम्कीको सन्देश पाएपछि मुम्बईको वर्लीमा प्रहरीले उजुरी दर्ता गरी यस विषयमा अनुसन्धान सुरु गरेको छ । हाल कसले धम्की दिएको हो भन्ने खुलेको छैन ।

प्रकाशित : २०८१ कार्तिक १४, बुधबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ