गोवामा प्याराग्लाइडिङ दुर्घटना, नेपाली पाइलटसहित दुई जनाको मृत्यु


काठमाडौं । भारतमा गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक नेपाली पाइलटसहित दुई जनाको मृत्यु भएको छ ।

घटना जनवरी १८ को हो । दुर्घटनामा पुणे निवासी २७ वर्षीया शिवानी र २६ वर्षीय प्याराग्लाइडिङका पाइलट सुमन नेपालीको मृत्यु भएको भारतीय अखबार आजतकले जनाएको छ । नेपालीको ठेगाना भने खुलाइएको छैन ।

सुरक्षा नियम बेवास्ता र अनुमतिबिना प्याराग्लाइडिङ उडाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले यस मामिलामा एफआइआर दर्ता गरी प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर राईजादालाई पक्राउ गरेको छ ।

शेखर राईजादामाथि आफ्नो कम्पनीका पाइलटलाई बिना अनुमति र सुरक्षा उपकरणको व्यवस्था नगरी प्याराग्लाइडिङ उडाउन दिएको आरोप छ ।

दुर्घटनाको अनुसन्धान भइरहेको छ । आरोपितमाथि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : २०८१ माघ ६, आईतवार १२:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ