काठमाडौं । अमेरिकाले गैह्रकानुनीरूपमा अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरूलाई धमाधम देश निकाला गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेदेखि अवैध भनिएका आप्रवासीलाई देश निकाला गर्न लागिएको हो । जसलाई अहिले तीव्र पारिएको छ ।
दोस्रो पटक ट्रम्पले सत्ता सम्हाले पछि २० जना नेपालीहरू डिपोर्ट भएको तथ्याङ्कले देखिएको छ । अध्यागमन कार्यालयका अनुसार हालसम्म २० जना नेपालीलाई फर्काइएको हो । फर्काइएका मध्ये १ महिला र १९ पुरुष छन् ।
केही दिन अघि अमेरिकाको अध्यागमन कार्यालयले १ हजार तीन सयभन्दा बढी नेपाली अमेरिकामा अवैध रूपमा बस्दै आएको विवरण सार्वजनिक गरेको थियो ।
हालै अमेरिकी सेनाको विमानले १०४ जना भारतीयलाई पन्जाब ल्याएर छाडेको थियो । ट्रम्पले चुनावी अभियानकै क्रममा बाचा गरेअनुसार सत्ता सम्हालेपछि अवैध आप्रवासीहरूलाई स्वदेश फर्काइरहेका हुन् ।