गाउँपालिकाका अध्यक्ष यादवको गाडीमा तोडफोड


रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ ।

अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ ।

रोहिणी(३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो ।

प्रकाशित : २०८१ फाल्गुन २, शुक्रबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ