अमेरिकामा टिकटक एप स्टोर र प्ले स्टोरमा फेरि उपलब्ध


काठमाडौं । अमेरिकामा टिकटक गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा फेरि उपलब्ध भएको छ । राष्ट्रिय सुरक्षा कानुनानुसार अमेरिकामा जनवरी १६ मा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

एप स्टोर र प्ले स्टोरबाट हटाइएको करिब २५ दिनपछि टिकटक पुनर्स्थापित भएको हो । बाइटडान्सका अरू एप क्यापकट, लेमन ८ लगायत पनि पुनर्स्थापित गरिएको छ ।

टिकटकले जनवरी १९ मा आफ्ना प्रयोगकर्तालाई सेवा पुनर्स्थापित गरेको थियो । र, वेबसाइटबाट डाउनलोड गर्न सकिने सुविधा दिएको थियो ।

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेलगत्तै टिकटकमाथि लगाइएको प्रतिबन्ध ७५ दिनका निम्ति स्थगन गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

७५ दिनभित्र बाइटडान्सले टिकटक कुनै अमेरिकी कम्पनीलाई बेचेमा प्रतिबन्ध हट्नेछ ।

प्रकाशित : २०८१ फाल्गुन २, शुक्रबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ