बारामा सुधार केन्द्रमै यूवकको हत्या, ७ जना पक्राउ


बारा । नवजन्म सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

बिहिबार राति सुधार केन्द्रभित्र विवादले उग्ररुप लिएको थियो । विवाद बढ्दै गएपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया ९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए ।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन् ।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तामाङले नेपालखबरलाई बताए । उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा लगेका थिए ।

त्यसपछि प्रादेशिक अस्पताल लगेका थिए । तर अस्पतालले २र३ घण्टा पहिले नै मृत्यु भइसकेको बताएका थिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

प्रकाशित : २०८१ फाल्गुन २, शुक्रबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ