विवाह गरेको १० महिनामै श्रीमतीको हत्या गर्ने युवक ६ वर्षपछि पक्राउ


सप्तरी । श्रीमतीको हत्या गरेको अभियोगमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका २ का सन्तोष साह छन् । २०७६ जेष्ठ २६ मा गायत्री साहसँग विवाह गरेका सन्तोषले १० महिनामै हत्या गरेका थिए ।

घटनापछि फरार भएका साहलाई ६ वर्षपछि प्रहरीले बिहिबार पक्राउ गर्न सफल भएको छ ।

कर्तव्य ज्यान मुद्दामा सन्तोषलाई बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सन्तोषले ०७६ चैत ६ गते राति श्रीमती गायत्रीलाई कुटपिट गरी शम्भुनाथ नगरपालिका २ स्थित ट्राफिक चौकमा फालेका थिए ।

फालेको विहानपल्ट गायत्रीलाई आफन्तले उद्धार गरी उपचारका लागि यूनिक अस्पताल पुर्‍याए । तर उपचारको क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

प्रकाशित : २०८१ फाल्गुन २, शुक्रबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ