सर्लाही । सर्लाहीमा कर्मचारी र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण क्रीकेट खेलमा कर्मचारी १ सय ५ रनले विजयी भएको छ ।
कर्मचारि टिमले १६ ओभरको खेलमा २६७ रनको विशाल लक्ष्य दिएको जनप्रतिनिधि टिम सो लक्ष्यलाई पछ्याउँदै १ सय ६२ रनमा सिमित हुँदा कर्मचारी टिम १ सय ५ रनले बिजय भएको थियो ।
सर्लाहीमा प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य बढाउन, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न र तनाव व्यवस्थापन गर्न मैत्रीपूर्ण क्रीकेट खेलको आयोजना गरिएको थियो ।
कर्मचारीको टिमले टस जितेर ब्याटिङ रोजेको थियो ।कर्मचारीको तर्फबाट कप्तानको कमान सम्हालेका राष्ट्रिय अनुसन्धान विभागको डिएसपीको रिजन यादवले पहिले ब्याटिङ गरेको १६ ओभरको खेलमा कर्मचारीको टिमले ७ विकेटको क्षतिमा २ सय ६७ रनको ठुलो लक्ष्य जनप्रतिनिधिलाई दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेका जनप्रतिनिधिको तर्फबाट कप्तानको कमान सम्हालेका बलरा नगरपालिकाका प्रमुख (मेयर) रामशंकर कुशवाहाको टिमले १६ ओभरको खेलमा ४ विकेटको क्षतिमा जम्मा १ सय ६२ रन बनाउन सफल भएका थिए ।
मैत्रीपूर्ण क्रीकेट खेलमा कार्यक्रमलाई समापन गर्दै कार्यक्रम कर्मचारीको तर्फबाट कप्तानको कमान सम्हालेका राष्ट्रिय अनुसन्धान विभागको डिएसपीको रिजन यादवले मानव जीवनमा खेलको धेरै ठुलो महत्त्व रहेको जिकिर गरेका थिए । उनले ‘खेललाई हाम्रो जीवनसंग जोडि राख्नुपर्छ । किनभने खेलले हामीलाई अनुशासन सिकाउँछ । खेलको मैदान जुनसुकै खेल खेल खेल्दा जे कुरा सिक्छौं खेरि जे कुरा हामी सिक्न सक्छौं त्यो कुरा जीवनमा अन्य सिक्न सक्दैनौं ।’
डिएसपी यादवका अनुसा संसारको जुनसुकै इन्जिनियरिङ म्यानेजमेन्टको कलेजहरूमा जुन कुरा सिक्न सकिदैंन त्यो कुरा खेलको मैदानमा सिक्न सक्ने बताएका थिए । खेलले अनुशासन, टिमवर्क र एकाग्रता जस्ता कुराहरू मानवको जीवनमा धेरै महत्त्व राख्ने समेत जानकारी गराएका थिए ।
सर्लाहीको सदरमुकाम मलंगवा खेल मैदानमा भएको मैत्रीपूर्ण खेलमा जिल्ला समन्व समितिका प्रमुख कौशल सिंह, प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुल्सि बहादुर श्रेष्ठ, नेपाल प्रहरी उपरीक्षक (एसपी) रबिन्द्र बहादुर सिंह , सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देब बहादुर चन्द लगायतको कर्मचारी र जनप्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो ।