आकर्षक तलबको लोभमा म्यानमार पुगेका पाँच नेपालीको उद्धार


काठमाडौं । आकर्षक तलब सुविधाको प्रलोभन दिएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरुको उद्धार गरेको हो । नेपालबाट म्यानमार पुर्‍याइएकाहरुलाई अनलाइन स्क्यामिङको काममा लगाइएको पनि दूतावासले जनाएको छ ।

उद्धार गरिएकाहरुमा चार पुरुष र एक महिला रहेका छन् । थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएर नेपाल फर्काएको हो ।

बैंककस्थित नेपाली दूतावासले कसै देखाएको प्रलोभनमा परी कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीमा नजान पनि नेपालीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित : २०८१ फाल्गुन १०, शनिबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ