चमेरोमा भेटियो कोरोनाजस्तै नयाँ भाइरस, मानिसमा फैलिने चिन्ता

चिनियाँ अनुसन्धानकर्ताहरूले चमेरोमा नयाँ कोरोनाभाइरस पत्ता लागेको बताएका छन् जसले कोभिड-१९ संक्रमण निम्त्याउने सार्स कोभ-२ (SARS CoV-2) भाइरसजस्तै काम गर्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो भाइरसले मानव शरीरमा प्रवेश गर्न सार्स कोभ-२ ले जस्तै कोष सतह प्रोटिन प्रयोग गर्छ । कुनै दिन यो भाइरस मानिसहरूमा पनि फैलिन सक्छ कि भन्ने चिन्ता बढेको छ ।

तर चिनियाँ अनुसन्धानकर्ताहरूले यो नयाँ भाइरस सार्स कोभ-२ जत्तिकै सजिलै मानव शरीरमा प्रवेश नगर्ने बताएका छन् ।

समाचार एजेन्सी पीटीआईले यो अध्ययनको नेतृत्व चिनियाँ वैज्ञानिक शि झेंगलीले गरेको बताएको छ, जसले विवादास्पद वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पनि काम गरिसकेका छन् ।

यो अध्ययन सेल नामक वैज्ञानिक जर्नलमा प्रकाशन भएको छ। यसमा यो नयाँ भाइरसको नाम एकेयू ५-कोभ-२ (AKU5-COV-2) भनिएको छ ।

अमेरिकाले कोभिड-१९ भाइरस वुहानको यही प्रयोगशालाबाट उत्पन्न भएको आरोप लगाएको थियो । तर चीन सरकारले यो आरोप अस्वीकार गरेको छ ।

प्रकाशित : 23 February 2025 8:49 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !