सिरहाकी रिंकु सदाय मृत्यू प्रकरण– न्याय माग्दै राजविराजमा प्रदर्शन

सप्तरी । सिराहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाय मृत्यू प्रकरणका आरोपीहरुलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै राजविराजमा प्रदर्शन भएको छ ।

राजविराजका स्थानीय युवा तथा दलित अभियन्ताहरूले आइतबार प्रदर्शन गरेका हुन् । उनीहरुले ‘रिंकुलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’लगायतका नारासहित बजार क्षेत्र परिक्रमा गरेका थिए ।

गत माघ २७ माघमा अपहरण गरी रिंकुलाई तीन यूवाले बलात्कार गरेका थिए । सो घटना मिलाउन पञ्चायतमार्फत पीडित परिवारलाई दबाब दिएको थियो ।

पञ्चायत गरेको केहि घण्टामै रिंकु घरमै मृत फेला परेकी थिइन् । बलात्कार आरोपी तीन युवक र पञ्चायत गर्ने पाँच पञ्चविरुद्ध प्रहरीमा उजुरी दर्ता भइसकेको छ ।

प्रकाशित : 23 February 2025 3:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !