ग्वार्कोमा खुल्यो जसपाको केन्द्रीय कार्यालय, अध्यक्ष अशोक राइले गरे उद्घाटन


काठमाडौं । उपेन्द्र यादवको जसपा नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टी (जसपा)ले ललितपुरको ग्वार्को चोकमा नयाँ केन्द्रीय कार्यालय खोलेको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन पार्टीका अध्यक्ष अशोक राईले गरेका हुन् । सो अवसरमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी थिए ।

नयाँ कार्यालयले पार्टीको संगठनात्मक कार्यहरूलाई अझ व्यवस्थित बनाउन तथा प्रभावकारी रूपमा जनताको सेवा गर्न महत्वपूर्ण भूमिका खेल्ने सो पार्टीका नेता प्रदिप यादवले विश्वास व्यक्त गरेका छन् ।

सो समारोहमा नेताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण, र जनसेवामा केन्द्रित योजनाहरूको चर्चा गरेका थिए ।

प्रकाशित : 23 February 2025 4:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !