जनकपुरको राराब क्याम्पसमा कर्मचारीहरुबीच कुटाकुट


जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमै कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

एमबीएसको परीक्षाको जिम्मेबारी हेरफेरको विषयमा विवाद चर्केपछि क्याम्पसका कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादव आपसमा कुटाकुट गरेका हुन् ।

एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सम्बन्धी छलफल गर्न क्याम्पस प्रमुख बसन्त कर्णलाई भेट्न गएका थिए । क्याम्पस प्रमुखले रायलाई परीक्षाको जिम्मेवारीबाट रायलाई हटाउन खोजेपछि विवाद सुरु भएको बुझिएको छ ।

कर्मचारीहरु कुटाकुटमा उत्रेपछि त्यहाँ ठूलो भिड जम्मा भएको थियो । प्रहरी त्यहाँ पुगेर अवस्था साम्य पारेका छन् । विवाद मिलाउन दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको छ ।

प्रकाशित : 24 February 2025 4:51 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !