भारतको बंगालमा ५.१ रिक्टर स्केलको भूकम्प


भारतको पश्चिम बंगालमा बिहान भूकम्प गएको छ ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो । क्षतिको विवरण आइसकेको छैन ।

यसअघि फेब्रुअरी १७ मा बिहान ५ः३६ बजे दिल्ली एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित : २०८१ फाल्गुन १३, मंगलवार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ