जनकपुर र जलेश्वरको शिव मन्दिरमा पनि भक्तजनको घुइँचो


जनकपुरधाम । महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिव मन्दिरहरूमा पनि पूजा अर्चनाका लागि आज बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ ।

शिवभक्तहरूले शिवको प्रिय मानिएका जल, दूध, भाङ, धतुरो, फूल अक्षतासहितका सामाग्रीहरू अर्पण गरिरहेका छन् । महाशिवरात्रिको अवसरमा जनकपुरधामको कपिलेश्वर महादेव मन्दिर र कुपेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको ठूलो घुइँचो देखिएको छ ।

जनकपुरधामको स्वर्गद्वारमा रहेको भूतनाथ मन्दिरमा पनि विशेष श्रद्धापूर्वक भक्तजनहरु पूजापाठ गरिरहेका छन् । भूतनाथ मन्दिरमा अन्य वर्ष जस्तै यसपटक पनि विशेष अनुष्ठानको आयोजना गरिएको छ ।

महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर, क्षिरेश्वरनाथ महादेव मन्दिर तथा टुटेश्वरनाथ महादेव मन्दिरमा पनि पूजापाठ गर्ने भक्तजनको अत्यधिक भिडभाड छ ।

प्रकाशित : 26 February 2025 4:57 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !