६ महिनामै उद्योगमा १ खर्बमाथि लगानी प्रतिबद्धता


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा १ खर्ब रुपैयाँभन्दा माथिको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आव साउन–पुससम्म अवधिमा कुल १ खर्ब २ अर्ब ९९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको हो ।

यस अवधिमा ३ सय ३८ उद्योग दर्ता भएको समेत विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार उक्त संख्यामा दर्ता भएका उद्योगमा १६ हजार ८ सय ६५ जनाले रोजगारी पाउने छन् ।

दर्ता भएका उद्योगमध्ये ठूला उद्योग २४ छन् । मझौला उद्योग १७ र साना उद्योग २ सय ९७ रहेको विभागको तथ्यांक छ ।

यस अवधिमा उद्योग विभागबाट २ सय वटा विदेशी लगानीका आयोजना÷उद्योग स्वीकृत भएका छन् । यसमध्ये १ सय ५४ उद्योग अटोमेटिक रुटबाट स्वीकृत भएको देखिन्छ ।

प्रकाशित : 27 February 2025 8:17 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !