जनमत पार्टीको एक वर्षको आम्दानी एक करोड १८ लाख


जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक वर्षमा एक करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

राजनीतिक दलहरुले निर्वाचन आयोगमा हरेकवर्ष आम्दानी र खर्चको विवरण बुझाउनुपर्छ । जनमतले आयोगमा बुझाएको २०८०/८१ को विवरणमा एक करोड १८ लाख आम्दानी गरेको देखाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलहरुले आफ्नो आयव्ययको लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ। लेखा परीक्षण गरेको एक महिनाभित्र त्यसको प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने प्रावधान छ।

आयोगमा बुझाइएको विवरण अनुसार हाल सरकारको नेतृत्व गरिएको दल एमाले सबैभन्दा धनी देखिएको छ ।

प्रकाशित : २०८१ फाल्गुन १५, बिहीबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ