मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले बढायो शेयर बजार, करिब ११ अर्ब ३९ करोड रुपैंयाँको कारोबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले शेयर बजार बढाएको छ ।

समिक्षामार्फत राष्ट्र बैंकले बैंकहरुले असल कर्जामा गर्ने एक दशमलव १० प्रतिशतको प्रोभिजनलाई घटाएर एक प्रतिशतमा सिमित राखेपछि यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।

सो अनुसार साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ४९ दशमलव १५ अंकले उकालो लागेर २८ सय १५ दशमलव शुन्य चार बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले उकालो लागेर चार सय ६९ दशमलव ८२ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय वटा कम्पनीहरुको एक लाख १२ हजार ३२ पटकको कारोबारमा दुई करोड ६१ लाख ९९ हजार सात सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ११ अर्ब ३९ करोड २४ लाख एक हजार आठ सय १५ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।

प्रकाशित : 27 February 2025 9:09 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !