स्मार्ट टेलिकमका कर्मचारी तलब माग गर्दै प्राधिकरण अगाडि धर्नामा


काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ ।

बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड बिक्रेताहरुको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हो ।

धर्नामा सहभागिले नेपाल सरकार,स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घरभाडा नदिने रु विद्युतको महशुल नतिर्ने रु,न्याय दे सरकार, जनताको घरभाडा विद्युत महशुल तुरुन्त भुक्तानि गर,स्मार्ट टेलिकम कर्मचारीको तलब भत्ता पाऊ लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए ।

 

स्मार्ट टेलिकमको टावर राखेका घरधनी, रिचार्ज कार्ड विक्रेता र प्रयोगकर्ताहरूले संयुक्त पीडित समूहु बनाएर नेपाल दूरसञ्चार प्राधिकरण अगाडि धर्ना सुरू गरेका हुन् ।

स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाखको पहिलो साता खारेज भएको थियो । लाइसेन्स नवीकरण नगरी स्वतः खारेज भएको स्मार्टको सम्पत्ति व्यवस्थापन र ग्राहक तथा विक्रेतासँगको अन्योल अझै समाधान भएको छैन ।

प्रकाशित : 27 February 2025 9:45 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !