भूकम्पको मापन ६.१ रेक्टर, केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड


सिरहा । आज विहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पले मधेससहित देशभर हल्लाएको छ । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान गएको भूकम्पको मापन ६.१ रेक्टर स्केल मापन गरिएको जानकारी दिए ।

भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित : 28 February 2025 3:34 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !