बंगलादेशमा विद्यार्थीहरूले आज नयाँ राजनीतिक पार्टी घोषणा गर्दै


शेख हसिनालाई प्रधानमन्त्री पद त्याग्दै देशै छाडेर भाग्नुपर्ने गरी गत जुलाईमा बंगलादेशमा भएको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले नयाँ राजनीतिक पार्टी गठन गरेका छन्।

केही दिनअघि मात्र बंगलादेशको अन्तरिम सरकारको सल्लाहकार पदबाट राजीनामा दिएका नाहिद इस्लामको स‌ंयोजकत्वमा विद्यार्थीहरूले नयाँ दल गठन गरेका हुन् । जसको नाम राष्ट्रिय नागरिक पार्टी राखिएको छ ।

पार्टीको संयोजक नाहिद इस्लामलाई बनाइएको छ भने अख्तर हुसेनलाई सदस्य सचिव चयन गरिएको छ ।

बैठकमा उपस्थित धेरै स्रोतले बीबीसी बंगलालाई बताएअनुसार बिहीबार यस विषयमा विद्यार्थीहरूबीच करिब तीन घण्टा बैठक भएको थियो ।

बैठकले नसिरुद्दिन पटवारीलाई प्रमुख आयोजक बनाइएको छ भने हसनत अब्दुल्लाहलाई नयाँ पार्टीको दक्षिण क्षेत्रको प्रमुख संयोजक बनाइएको छ ।

यसैबीच, सरजिस आलम उत्तरी क्षेत्रको प्रमुख आयोजक रहनेछन् । यद्यपि, सहसदस्य सचिव र सहसंयोजक पदका लागि धेरै नाम प्रस्ताव गरिएको थियो, तर कसैको पनि नाम टुंगो लागेको छैन ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार यो नयाँ राजनीतिक दलको घोषणा आज हुने बताइएको छ।

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ