कुन जीवन बीमा कम्पनीले कतिको गरे कारोबार ? सात महिनामा साढे ९५ अर्बको बीमा शुल्क संकलन


काठमाडौं । जीवन बीमा कम्पनीहरूले झण्डै एक खर्ब रुपैयाँबराबरको व्यापार गरेका छन् ।

चालू आर्थिक वर्षको सात महिनामा ९साउनदेखि माघसम्म० १४ वटा जीवन बीमा कम्पनीहरूले एक करोड ३४ लाख सात हजार ४८ वटा सक्रिय जीवन बीमालेखबाट ९५ अर्ब ३८ करोड ६६ लाख ६१ हजार रुपैयाँँ बीमाशुल्क सङ्कलन गरेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पाँच लाख ७५ हजार सात सय ६५ वटा सक्रिय जीवन बीमालेखबाट तीन अर्ब ५२ करोड ५८ लाख १२ हजार रुपैयाँँ बीमाशुल्क सङ्कलन गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि १५ लाख ४२ हजार सात सय ५२ वटा सक्रिय बीमालेखमार्फत ११ अर्ब २३ करोड ६५ लाख ४३ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि सात महिनामा १८ लाख ४६ हजार ७२ वटा सक्रिय जीवन बीमालेखमार्फत २६ अर्ब ५४ लाख ४८ हजार रुपैयाँँ बीमाशुल्क सङ्कलन गरेको छ । नेपाल लाइफले सबैभन्दा धेरै बीमाशुल्क सङ्कलन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले पनि छ लाख ८४ हजार दुईवटा सक्रिय जीवन बीमालेखमार्फत ११ अर्ब १७ करोड नौ लाख ८९ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो सात महिनामा सात लाख २९ हजार आठ सय नौवटा सक्रिय जीवन बीमालेखमार्फत तीन अर्ब ३७ करोड ५२ लाख ७९ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो सात महिनामा सात लाख ६४ हजार तीन सय ५४ वटा सक्रिय बीमालेखमार्फत पाँच अर्ब सात करोड ८७ लाख ८३ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले भने चालू आवको माघ मसान्तसम्ममा छ लाख २८ हजार एक सय १४ वटा सक्रिय जीवन बीमालेखमार्फत दुई अर्ब ९० करोड ८२ लाख ९१ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो सात महिनामा नौ लाख २६ हजार आठ सय ५७ वटा सक्रिय बीमालेखमार्फत दुई अर्ब ३८ करोड ७२ लाख ४९ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

रिलायवल नेपाल लाइफले पनि पछिल्लो अवधिमा २४ लाख ७९ हजार सात सय चारवटा सक्रिय जीवन बीमालेखमार्फत दुई अर्ब ७९ रकोड २५ लाख ५२ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो अवधिमा १० लाख ४५ हजार आठ सय ८५ वटा सक्रिय जीवन बीमालेखमार्फत तीन अर्ब ९८ करोड ४७ लाख ५० हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले पनि चालू आवको पछिल्लो सात महिनामा सात लाख ८२ हजार सात सय चारवटा सक्रिय जीवन बीमालेखमार्फत पाँच अर्ब ९५ करोड २२ लाख ३२ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो सात महिनामा सात लाख ८३ हजार छ सय २४ वटा सक्रिय जीवन बीमालेखमार्फत तीन अर्ब ८० करोड ९६ लाख ९० हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

चालू आवको पछिल्लो सात महिनामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले भने चार लाख पाँच हजार तीन सय नौवटा सक्रिय जीवन बीमालेखमार्फत नौ अर्ब ९० करोड ९५ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा दुई लाख १२ हजार तीन सय ९६ वटा सक्रिय जीवन बीमालेखमार्फत दुई अर्ब ८५ करोड ८९ लाख ४९ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित : 28 February 2025 10:26 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !