एसियन हाइवेको निर्माण कार्य १२ प्रतिशत पूरा, असारसम्म २५ प्रतिशत सक्ने लक्ष्य


काठमाडौं। एसियाली मुलुकबिच सडक सञ्जाल जोड्ने गरी नेपालमा सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण कार्य हालसम्म १२ प्रतिशत पूरा भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड र कञ्चनपुर–कमला खण्डमा निर्माणाधीन यस राजमार्गको काम एक वर्षमा १२ प्रतिशत पूरा भएको हो।

अहिले उक्त राजमार्गको काम असारसम्म २० देखि २५ प्रतिशतसम्म काम सक्ने लक्ष्यका साथ तीव्र गतिमा भइरहेको छ।

यो खण्ड निर्माणका लागि २०८० माघ १९ मा ठेक्का सम्झौता भएको थियो । निर्माण अवधि तीन वर्षको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा यो सडक निर्माण भइरहेको छ । एडिबीले ‘सासेक’ कार्यव्रmम अन्तर्गत अन्य एसियाली मुलुकहरूको राजमार्ग निर्माणमा पनि ऋण लगानी गरेको छ ।

नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो ।

सो पुलको लम्बाइ ७९० मिटर छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । अहिले पूर्व र पश्चिम गरी दुई खण्डमा काम भइरहेको छ । दुई वटै खण्डको कुल लम्बाइ ९५.७६ किलोमिटर छ ।

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ