भारतको बद्रीनाथमा भारी हिमपहिरो– ५७ जना फसे, १० जनाको उद्धार


भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ ।

हिमपहिरोमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । उनीहरु सडक निर्माणमा संलग्न थिए । फसेका कम्तीमा १० जनाको उद्धार गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन् ।’

 

यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए ।

उनले भने, ‘तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ ।’

बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो । एएनआई

प्रकाशित : 28 February 2025 5:20 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !