नेपालकी पहिलो महिला न्यायाधीश शारदाको निधन


काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।

श्रेष्ठ महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचाररत थिइन् । आईसीयूमा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । तर उपचारको क्रममै निधन भएको बताइएको छ ।

शारदा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश पनि हुन् । शारदाले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन् ।

जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भइन् । उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।

करिब ४ दशक न्याय सेवामा बिताएकी श्रेष्ठ २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन् ।

प्रकाशित : 28 February 2025 5:24 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !