ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की, खनिज सम्झौता असफल


काठमाडौं । ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की परेको छ ।

बीबीसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए । सो क्रममा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे ।

ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाए । जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ ।’

ओभल अफिसबाट जारी गरिएको भिडिओमा युक्रेनी राजदूतले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ ।

जेलेन्स्कीले दुई देशबीच बहुमूल्य खनिजहरूको सम्झौता गर्न अमेरिकाको भ्रमण गरेका थिए । तर चर्काचर्कीसंगै खनिज सम्झौता पनि असफल भएको छ ।

प्रकाशित : 1 March 2025 8:39 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !