ट्रम्पलाई तालिबानको जवाफ– हतियार फिर्ता गर्दैनौं, आँट भए काबुल आऊ


तालिबान नेतृत्वको अन्तरिम सरकारले अमेरिकी सैनिकहरूले छाडेर गएको सैन्य उपकरण फिर्ता नगर्ने स्पष्ट पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती हतियार फिर्ता गर्नुपर्ने बताएपछि तालिबानका उच्च अधिकारीहरूले यसको जवाफ फर्काएका हुन् ।

तालिबानका सेना प्रमुख कारी फसीउद्दिन फिटरातले ट्रम्पलाई चुनौती दिँदै भने, ‘यदि तिमीलाई आँट छ भने आफैँ काबुल आएर हतियार लैजाऊ ।’

यसअघि तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि भनेका थिए, ‘हामीले युद्ध जितेर यी हतियार प्राप्त गरेका हौँ, अब तिनीहरू अफगानिस्तानकै सम्पत्ति हुन् ।’

अमेरिकाले ७ अर्ब अमेरिकी डलर मूल्य बराबरका हतियार अफगानिस्तानमा भएको बताउँदै आएको छ । सन् २००५ देखि २०२१ सम्म अमेरिकाले अफगान सेनालाई साँढे १८ अर्ब डलर बराबरको हतियार उपलब्ध गराएको थियो ।

अगस्ट २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएका थिए ।

प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार ०६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ