अब अस्पतालले बिमाको औषधि छैन भन्न पाइदैन् : स्वास्थ्य मन्त्री पौडेल


इलाम । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् ।

आइतबार बिहान इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो ।’

उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए ।सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ।

बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनले बताए । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ ।

इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरेका छन् ।

प्रकाशित : 2 March 2025 11:06 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !