ग्यास उद्योगीले थाले पुनः आन्दोलन, भारतबाट ग्यास आयात ठप्प !


काठमाडौं । ग्यास उद्योगीहरुको छाता संगठन एलपीजी ग्यास उद्योग संघले आइतबारदेखि फेरि आन्दोलनमा उत्रेको छ ।

यसअघि गत माघ अन्तिम साता उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीहरूको उपस्थितिमा माग पूरा गर्ने सहमति गरेका थिए । यससँगै उद्योगीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका थिए ।

तर सो अवधिभित्र माग सम्बोधन नभएकाले आफूहरू फेरि आन्दोलनमा उत्रिन बाध्य भएको सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनले अब माग पूरा नभएसम्म आन्दोलनमा उत्रिने ग्यास आयात ठप्प पारी बिक्रीसमेत रोक्ने चेतावनी समेत दिए ।

उनले आज भारतबाट ग्यास आयात गर्न आवश्यक पर्ने पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) खरिद बहिष्कार गरेको बताए । उनका अनुसार पीडीओ खरिद नगरे ग्यास आयात गर्न सकिँदैन । ग्यास आयात नभएपछि सिलिन्डरमा ग्यास भर्ने काम रोकिनेछ । आपूर्ति नै ठप्प हुनेछ ।

 

प्रकाशित : 2 March 2025 7:07 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !