आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै


काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आज भारत र अष्ट्रेलिया भिड्दै छन् ।

खेल दुबईमा दिउसो पौने ३ बजे सुरु हुनेछ । भारतले आइतबार न्युजिल्याण्डलाई ४४ रनले पराजित गर्दै समूह एको विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

भारतले न्यूजिल्याण्ड, बंगलादेश र पाकिस्तानलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । अष्ट्रेलिया भने समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो ।

च्याम्पियन्स ट्रफीमा यी दुई टोली सन् २००९ पछि पहिलो पटक आमनेसामने हुन लागेका हुन् । दोस्रो सेमिफाइनलमा भोलि दक्षिण अफ्रिका र न्यूजील्याण्ड टोलीहरू भिड्ने छन् ।

प्रकाशित : 4 March 2025 8:29 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !