५८ घण्टासम्म चुम्बन गरेर विश्व रेकर्ड बनाएको जोडीको डिभोर्स !


चुम्बन प्रेमको प्रतिक हो, गहन तथा पवित्र प्रेम प्रकट गर्नु हो । तर, सबै चुम्बनहरु चीरस्थायी प्रेमको अभिव्यक्ति नहुँदा रहेछन् ।

कतिपय चुम्बनहरु केवल दुनियाँलाई देखाउन तथा नाम लेखाउनका लागि मात्रै पनि हुँदा रहेछन् । चुम्बन गरेरै किर्तिमान कायम गएको एउटा जोडीको सम्बन्धबिच्छेदले यहीँ तथ्यलाई प्रमाणित गरेको छ ।

सोसल मिडियामा अहिले एक चर्चित दम्पतीको डिभोर्सको समाचार चर्चामा छ । उनीहरुको डिभोर्स चर्चामा हुनुका कारण चाहीँ १२ वर्षअघि त्यो जोडीले राखेको कीर्तिमान हो, जुन अहिलेसम्म पनि भङ्ग भएको छैन ।

थाइल्याण्डका एक्काचाई तिरानारात र उनकी पत्नी लकसानाले सन् २०१३ मा लगातार ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर गिनिज बुकमा नाम लेखाएका थिए । तर चुम्बन गरेर रेकर्ड कायम गरेका उनीहरुको सम्बन्ध टुक्रिएको छ ।

बीबीसीसँगको कुराकानीमा एक्काचाईले आफ्नी पत्नी लकसानासँग डिभोर्स भएको पुष्टि गरेका छन् । तर, आफ्नी पूर्वपत्नीसँगको उक्त कीर्तिमानी चुम्बनलाई उनले जीवनको सबैभन्दा गर्विलो पल बताएका छन् ।

प्रकाशित : 9 March 2025 4:47 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !