सिरहामा बालविवाह- टिकटकर युवक सदाय र बालिका दुबै थुनामा, अदालतबाट म्याद थप


सिरहा । बालविवाह गरेका सिरहाको सुखिपुर नगरपालिका १ मोहनपुरका २८ वर्षीय दिपेन्द्र सदाय र १५ वर्षीया बालिकामाथि समेत मुद्दा चल्ने भएको छ ।

उजुरीको आधारमा दिपेन्द्र र बालिकालाई शनिवार जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले नियन्त्रणमा लिएको थियो । आज उनी दुबै जनामाथि अदालतबाट म्याद थप भएको छ ।

सिरहाका प्रहरी प्रवक्ता विरेन्द्र पासवानले बालविवाह गरेका युवक र बालिका दुबैमाथि अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको जानकारी दिए । उनले भने, ‘उनीहरुमाथि बालविवाह शिर्षकमा जाहेरी परेको छ । त्यही मुद्दा चल्छ ।’

बालिका नवराजपुर गाउँपालिका १ भगवतीपुरकी छन् । फाल्गुन १७ मा दिपेन्द्रले एक साथीलाई लिएर उनको घर गई गुपचुप तरिकाले विवाह गरेका थिए । त्यहाँकै एक महिलाले जाहेरी दिएपछि उनीहरु पक्राउ परेका छन् ।

दिपेन्द्र विवाहित छन् । उनको दुई सन्तान रहेपनि दोस्रो विवाह बालिकासँग गरेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार उनीहरु टिकटकमार्फत् प्रेममा परेका थिए ।

प्रकाशित : 9 March 2025 6:01 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !