सिरहा प्रादेशिक अस्पतालमा दुई करोडको लगानीमा कुरुवा घर बन्दै


सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा करोडौको लगानीमा कुरुवा घर बन्ने भएको छ ।

अस्पताल परिसरमा कुरुवा घरको शिलान्यास मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह र सिरहाका मेयर डा. नविन यादवले गरेका हुन् ।

मन्त्री सिंहले कुरुवा घर दुई करोडको लागतमा निर्माण हुने जानकारी दिए । उनले अस्पतालमा निर्मित २ वटा भेटरनिटि भबन र प्रशासनिक भबनको उद्घाटन गरेको पनि बताए ।

प्रकाशित : 10 March 2025 11:57 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !