स्टील उद्योगको मनोमानी, डण्डीमा किलोमै ४ रुपैयाँ मूल्यवृद्धि


काठमाडौं । स्टील उद्योगीले पनि कार्टेलिङ गरी मूल्य बढाएका छन् । फाल्गुन २० गतेदेखि टीएमटीको अर्डर र बिक्री रोकेका स्टील उद्योगले किलोमै ४ रुपैयाँ मूल्यवृद्धि गर्नेगरी बिक्री खुल्ला गरेको छ ।

काठमाडौंमा शुक्रबार र शनिबार भएको भेलामा उद्योगीहरुले हप्ता टीएमटीको मूल्यवृद्धि गर्ने सहमति गरेका हुन् । भ्याटबाहेक प्रति किलो ७८ देखि ८० रुपैयाँमा हार्डवेयर पसललाई टीएमटी दिइरहेका उद्योगले आईतबारदेखि ८२ देखि ८४ रुपैयाँ पुर्याएका छन् । मूल्यवृद्धिसँगै उद्योगले अर्डर पनि लिन थालेको बुझिएको छ ।

पूर्वमा सबैभन्दा सस्तो डन्डी बिक्री गर्ने पशुपति आइरनले हार्डवेयर पसललाई किलोको ७८ रुपैयाँमा टीएमटी बिक्री गर्दै थियो । पशुपतिले आईतबारदेखि यस मूल्यलाई ८२ रुपैयाँ पुर्याएको छ ।

यस्तै सबैभन्दा महँगो टीएमटी बिक्री गर्ने प्रिमियर स्टीलले मूल्य ८० बाट बढाएर ८४ पुर्याएको छ । किलोको ७९ रुपैयाँमा बिक्री गर्दे आएका हुलास वायर र स्वतिक रोलिङले ८३ रुपैयाँमा बिक्री गर्न थालेका छन् ।

स्टीलमा एकैपटक किलोमा ४ रुपैयाँ मूल्यवृद्धिलाई अस्वभाविक मानिन्छ । व्यवसायीले यसलाई ठूलो मूल्यबृद्धि भनेका छन् ।

प्रकाशित : 10 March 2025 5:34 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !