मधेसका गृहमन्त्रीको सुरक्षा दिँदै आएका असई यादवको मृत्यू


सिरहा । मधेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खट्दै आएका नेपाल प्रहरीका असई वीरेन्द्र कुमार यादवको मृत्यू भएको छ ।

असई यादव अचानक विरामी परेको र उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यू भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा दरबन्दी भएका असई यादव गृहमन्त्री लेखकको सुरक्षार्थ खट्दै आएको थियो । उनी सिरहा नगरपालिका २५ सुखचैनाका स्थायी बासिन्दा हुन् ।

आइतबार मध्य राति असई यादवको अचानक पेट र छाती दुखेको थियो । लगत्तै उनलाई जनकपुरधामको गोदाबरी अस्पताल लगेर भनाई गराइयो । तर त्यहाँ उपचार सम्भव भएन । त्यसपछि उनलाई विराटनगर लगिएको थियो ।

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ