मधेशले कोशीलाई दियो २८५ रनको लक्ष्य, पवन र अनिलको उत्कृष्ट ब्याटिङ


भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेशलाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको मधेसले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८४ रन बनायो ।

उसका लागि कप्तान अनिल शाह, पवन सर्राफ र दीपेश दासले अर्धशतकीय पारी खेले । पवनले ८५ बलमा ११ चौका र दुई छक्कासहित ९२ रन बनाए । यस्तै, अनिलले ७५ बलमा १० चौकासहित ७५ रनको पारी खेले ।

यस्तै, दीपेशले ६० बलमा सात चौका र एक छक्कासहित अविजित ५६ रनको योगदान गरे । यस्तै, हरिशंकर साहले २९, मयन यादव र रुपेश सिंहले १०र१० रन जोडे ।

कोशी प्रदेशका लागि प्रकाश कार्की र विपिन महतोले दुईरदुई तथा फिर्दोश अन्सारी र दीपेश कँडेलले एकरएक विकेट लिए ।

प्रकाशित : 11 March 2025 2:36 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !