कोशीमाथि मधेसको सानदार जित, रुपेश सिंहले लिए ५ विकेट


भैरहवा । प्रधानमन्त्री कप क्रिकेटमा मधेसले कोशीमाथि सानदार जित हासिल गरेको गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा मधेसले कोशीलाई १६५ रनले पराजित गरेको हो । २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रन बनाएर अलआउट भयो ।

कोशीका लागि शकिब हकले २५ र सुजन थपलियाले २४ रन बनाए । मधेसका लागि रुपेश सिंहले ५ विकेट लिए । राजेश यादवले ३ तथा हरिशङ्कर शाह र प्रदीप पाश्वानले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मधेसले मधेसले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा २८४ रन बनाएको थियो । मधेसका लागि पवन सरार्फ, अनिल साह र दीपेश दासले अर्धतकीय पारी खेले ।

पवनले ८५ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९२ रन बनाए । अनिलले ७५ बलमा १० चाौका प्रहार गर्दै ७५ रन बनाए ।

दीपेश भने ५६ रनमा अविजित रहे । सो क्रममा उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

कोशीका लागि भने विपिन महतो र प्रकाश केसीले २ २ तथा फिर्दोश अन्सारी र दीपेश कँडेलले १/१ विकेट लिए ।

प्रकाशित : 11 March 2025 4:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !