क्यानले तोक्यो खेलाडीको ग्रेड, पूजा महतो ‘ए’ ग्रेडमा पर्न सफल


काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला र पुरुषतर्फको वार्षीक कन्ट्रयाक सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको वार्षीक कन्ट्र्याकलाई ६ महिनापछि पुनः मूल्याङ्कन गरिने क्यानले जनाएको छ । क्यानले महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ ग्रेड मा खेलाडीलाई राखेको छ भने पुरुषतर्फ इमर्जिङ पनि रहेको छ।

महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीमा रहेका खेलाडीले क्रमशः ५० हजार, ३५ हजार, २५ हजार र २० हजार रहेको छ ।

त्यस्तै पुरुषतर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीका खेलाडीले क्रमशः १ लाख ७० हजार ५५ हजार र ३५ हजार रहेको छ । इमर्जिङ खेलाडीलाई २५ हजार रहेको छ ।

क्यानको महिलाको ‘ए’ क्याटगोरीमा यो पटक पुजा महतोले स्थान बनाउन सफल भइन् । पूजासँगै इन्दु वर्मा, रुविना चौधरी र सीता राना मगर छन् ।

पुरुषतर्फ भने रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेखले स्थान बनाएका छन् ।

प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार २१:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ