प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मीसँग कोशी, पुलिससँग मधेश भिड्दै


काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् ।

नेपाल आर्मी क्लब र कोशी प्रदेश बीचको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश र नेपाल पुलिस क्लबको  फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ । यी दुवै खेल बिहान ९ बजे सुरु हुने बताइएको छ ।

जारी प्रतियोगितामा  तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको  आर्मी तालिकाको शीर्ष स्थानमा छ भने तीनमा तीन खेल नै गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ ।

नेपाल प्रहरीले समान ६ अंक बनाए पनि रनरेटको आधारमा अंक तालिकामा दोस्रो स्थानमा छ ।

तीनमा एक खेल गुमाएको सशस्त्र  चार अंकसहित तेस्रो स्थानमा छ । समान चार अंक भए पनि लुम्बिनी रनरेटका आधारमा चौथो स्थानमा छ ।

प्रकाशित : 15 March 2025 7:48 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ