पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ । त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।

आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गर्दा यसपटक मूल्य घटेको हो ।

नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

प्रकाशित : 15 March 2025 9:17 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ