एसइई परीक्षाको तयारी पूरा, तोकियो २ हजार ७९ परीक्षा केन्द्र


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र पुर्‍याउने, परीक्षा केन्द्र तोक्ने, सुरक्षाको प्रबन्ध मिलाउनेलगायत सबै काम सम्पन्न गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षाको तयारी पूरा भइसकेको जानकारी दिए । उनले भने, ‘एसइई परीक्षाका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सकाएका छौँ, सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र,सिम्बोल नम्बर र उत्तरपुस्तिका पुगिसकेको छ ।’

उनका अनुसार यसवर्ष एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले सहभागी हुनेछन् । ‘पहिला पाँच लाख ८ हजार भनिएको थियो तर पछि हामीले सबै तथ्यांक हेर्दा संशोधन भएर आयो’, उनले भने, ‘अब कुल पाँच लाख १४ हजार ७१ जनाले एसइई परीक्षा दिँदै छन् ।’

बोर्डका अनुसार गत वर्ष ९२०८०० सालको एसइईमा परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए ।

परीक्षाको लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था हकमा केन्द्रमा जिल्लास्थित सुरक्षानिकायले मिलाउनेछ । गत वर्ष उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए । जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो । यो वर्ष पनि त्यहाँ परीक्षा केन्द्र तोकिएको छ ।

प्रकाशित : २०८१ चैत्र ३, आईतवार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ