मन्त्री निवास र यूएन हाउस क्षेत्रमा पनि दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य-मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा आइतबार निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञा चैत ४ गते सोमबारबाट लागू हुने र दुई महिनासम्मका लागि रहने छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा जनाइएको छ ।
प्रकाशित : 16 March 2025 7:33 PM
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- २. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- ३. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव
- ६. मधेसका मुख्यमन्त्रीको निर्देशन नमानेका अस्पताल संचालक साह पक्राउ