अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । त्यसैगरि युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन् । अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको विनियमदर भने हिजोकै यथावत छ ।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा छ । हिजो युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा थियो ।

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८० रुपैयाँ ४२ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ थियो ।

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८० पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा छ । हिजो पनि बहराइन दिनारको कारोबार दर यही थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर –

प्रकाशित : २०८१ चैत्र ४, सोमबार ०६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ