सलमान खान बूढो देखिने तस्बिर सार्वजनिक भएपछि…


बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘सिकंदर’का कारण चर्चामा छन् । साजिद नाडियाडवालाले निर्देशन गरेको यस फिल्ममा सलमान खानसँगै रश्मिका मन्डना मुख्य भूमिकामा छिन् ।

सलमानले हालै ‘सिकंदर’को छायांकन पूरा गरेका छन् । यस फिल्मको अन्तिम दृश्य मुम्बईमा छायांकन गरिएको थियो ।

सुटिङपछि सलमानका केही तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् । जसमा उनको नयाँ लुकको धेरै चर्चा भइरहेको छ । उनको नयाँ लुक देखेर फ्यानहरू छक्क परेका छन् ।

भाइरल तस्बिरमा सलमानले सेतो र नीलो टिसर्टसँग कालो छालाको ज्याकेट र मिल्दो टोपी लगाएका छन् । उनका यो तस्बिर सिकन्दरको अन्तिम दृश्यको छायांकनपछिको हो ।

सलमानका यी तस्बिर हेरेपछि सामाजिक सञ्जालमा कसैले उनी धेरै थाकेको देखिएको टिप्पणी गरेका छन् कतिपयले उनलाई बूढो पनि भनेका छन् ।

एकजनाले लेखेका छन्, ‘हाम्रो बाघ बूढो हुँदै छ…।’ अर्काले लेखेका छन्, ‘अचानक यति ओल्ड लुक्स कसरी !’ अर्को जनाले टिप्पणी गरेका छन्, ‘सलमान खान हजुरबुबा बनेका छन् ।’

त्यसो त उनको समर्थन गर्ने पनि धेरै छन् ।उनीहरूले भनेका छन्- ६० वर्षको उमेरमा उनी ४० वर्षका देखिन सक्दैनन् ।

प्रकाशित : 17 March 2025 11:53 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ