धनुषामा ‘यादव चोक’को बोर्ड लगाउँदा विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते


शम्भु पण्डित / जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ भठिहनमा ‘यादव चोक’ नामाकरण गरेको विषयमा दुई पक्षबीच झडपपछि प्रहरीले गोली चलाएको छ ।

स्थिति अनियन्त्रित बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिदैछ ।

स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली र आश्रुग्यास हानेका छन् । अहिले पनि अबस्था तनावपूर्ण रहेको छ ।

झडपमा समेत अन्य दुईजना घाइते भएका छन् ।

एक पक्षले ‘यादव चोक’ नामाकरण गरेपछि अर्को पक्ष आइतवारदेखि विरोधमा उत्रेका छन्  । आइतवार पनि दुई पक्षबीच झडप हुँदा प्रहरीले आश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : 17 March 2025 3:35 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ