अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य लगातार गिरावट


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ ।

अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको विनियमदर हिजो पनि घटेको थियो ।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा  थियो।

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८० रुपैयाँ २७ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा थियो।

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : २०८१ चैत्र ७, बिहीबार ०६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ