आँशु हत्या प्रकरण : पीडित परिवारद्वारा प्रदर्शन, जनकपुरधाम-जलेश्वर सडक अबरुद्ध


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय बालक आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा पीडित परिवार र स्थानीय पुन: आन्दोलित बनेका छन् ।

मृतक आँशुका आफन्त र बिन्धीबासी जनकपुरधाम- जलेश्वर सडकखण्ड अबरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण सवारीसाधन ठप्प भएको छ ।

फाल्गुन २ मा होली खेल्ने क्रममा साथीले नै छुरा प्रहार गरेपछि आँशुको मृत्यू भएको थियो । छुरा प्रहार गरेको आरोपमा त्यही दिन २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरे । उनीमाथि प्रहरीले कारबाही अगाडी बढाइसकेको छ ।

पीडित परिवारले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको दावी गर्दै उनीहरुलाई पनि पक्राउ गर्न माग गरेका छन् । तर घटनाको ११ दिन बितिसक्दा पनि अन्य आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै पुन: आन्दोलन थालेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले अबरुद्ध सडक खुलाउन छलफल तथा समन्वय गरिरहेको बताए । उनले भने, ‘पीडित परिवारले ५/६ जनामाथि किटानी जाहेरी दिएको हुनुपर्छ । उनीहरुलाई पनि खोज्दै छौं ।’

प्रकाशित : २०८१ चैत्र १३, बुधबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ