शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक


काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ ।

आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो ।

जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ ।

हेर्नुहोस् विज्ञापन –

प्रकाशित : २०८१ चैत्र १४, बिहीबार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ