कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु जारी


काठमाडौं । राजावादीले अराजक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।

स्रोतका अनुसार तीनकुने क्षेत्रमा सर्वसधारणको घर, सुरक्षाकर्मी र दमकलमाथि समेत आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले केही बेरमा सूचना अपलोड हुने बताए ।

राजावादीहरुले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका छन् । उनीहरुले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय र कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा तोडफोड गरेका छन् ।

तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ