जिउँदै मान्छेलाई आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाए : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले चैत १५ गतेको आन्दोलनबाट जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने आफ्नो चरित्र देखाएको बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरुले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको बताए ।

उनले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको आरोप लगाए । उनले देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘राजावादी मानिसहरुले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरुले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ। घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ ।’

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गरे ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ